स्वर्गद्वारी अपडेट , प्युठान माडण्बी गाउँपालिका - २ मर्काबाङ गाउँ माथी रहेको डाडाँमा जमिन खाडल र चिरा पर्न थालेपछि सिंगो गाउँ जोखिममा परेको छ । अविरल बर्षाको कारणले बस्ति नै उच्च जोखिममा परेको स्थानीय यम बहादुर पुनले बताए ।
वर्षाका कारण जमिन खाडल र चिरा भएकाले पन्ध्र भन्दा बढी घर उच्च जोखिममा परेको पुनले बताए । उनले आईतबार बिहान ८ बजेको समयमा बस्तीमाथि जमिन खाडल र चिरा पर्न थालेको देखेपछि स्थानीय यम बहादुर पुनले वार्ड अध्यक्ष प्रकास वली लाई जानकारी दिए ।

'जमिन नै यसरी खाडल र चिरा परेको पहिलो पटक देखेको वार्ड अधक्ष्य वलीले भने ' 'अझै अविरल वर्षा हुने हो भने चिरा परेको ठाउबाट पानि भरिएर जमिन भासियो भने पहिरो गएर बस्ति नै जोखिम पर्न सक्ने बताए ' आईतबार बस्तीको अवस्था बुझ्न मर्काबाङ पुगेका जिल्ला समन्वय प्रमुख ,प्रमुख जिल्ला अधिकारी साथै गाउपालिका अध्यक्ष , उपाध्यक्ष वार्ड अध्यक्ष ,र प्राबिधिक टोलि सहित अबलोकन गरेको थियो ।