आरनेटाको मशेरीमा पहिरोको कारण एकघर जोखिमपुर्ण
सन्तोष सुनार, प्युठान नगरपालिका २ आरनेटाको मशेरी गाउँमा पहिरोको कारण एक घर जोखिपूर्ण रहेको छ । २ दिनको अविरल वर्षातको कारण आरनेटाको मशेरी गाउँमा बसोबास गर्ने हिमाल सुनारको घरदेखि करिव विस २० फिटको उचाइबाट पहिरो खस्दा घरको कन्सो पुरिदा घर जगबाट चिरिएको । त्यसैगरि शौचालयको माथि पहिरो आउदा पुरिन तथा भत्किन लाएको छ । सुनारकी श्रीमतीले ५ दिन अगाडि पुत्र लाभ गरेकि थिइन् । अहिले वार परि घरको सम्पुर्ण सामानहरु सारी परिवार अहिलेआफ्नै दाजू विष्नु सुनारको घरमा बस्दै आइरहेको सोहिगाउँका स्थानिय सुरेश सुनारले जानकारी दिनु भयो ।








