आज दिउँसो २ बजे खुल्यो बिद्यालयको ताला
बिबश जि एम प्यूठान
०७९ भदौ ३०
माण्डवी गाउँपालिका २ ढिकावानको बिद्यालयमा मगंबार वडा अध्यक्षले लगाएको ताला आज दिउँसो २ बजे खुलेको छ । गणेश प्रा.वि ढिकावानको बैठक कक्ष र प्र.अ विमला खनालले प्रयोग गर्ने दराजमा वडा अध्यक्ष प्रकाश वलीले मंगलबार ताला लगाउनु भएको थियो । आफुलाई शिक्षक संगठनको निर्णय हेर्न नदिएको र व्यवस्थापन समितिले कुनै खवर नगरेको भन्दै उहाले बिद्यालयमा ताला लगाएको प्र.अ बिमला खनालले जानकारी दिनुभयो ।
पुष २ गतेदेखीको करार दरबन्दीको रिक्त पदमा जेष्ठ महिनामा बिज्ञापन गरि रिक्त पदपुर्तिको लागि विभिन्न बिद्यालयहरुको व्यवस्थापन समितिले गरेको निर्णयहरु ह्ेर्न नपाएको र प्र.अ नआउदा सम्म आफुले ताला लगाएको वडा अध्यक्ष वलीले जानकारी दिनुभयो ।








