डेंगु रोग नियन्त्रणका लागि जनप्रतिनिधि सहित स्वास्थ्यकर्मीहरु गाउँगाउँ
बिबश जि एम प्यूठान
०७९ भदौ २८,
पछिल्लो समय नेपालमा डेंगुको रोग अत्यधिक फैलिएको छ । सोही कारण जनचेतना मुलक कार्यक्रमहरु गर्दैै जनप्रतिनिधि तथा कर्मचारीहरु गाउँगाउँ,बिद्यालय तर्फ सचेतनाका लागि सचेत गराउदै छन । प्यूठानको नौबहिनी गाउँपालिका ६ का जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु हिजोदेखी सामुदायि बिद्यालयमा पुगेर कार्यत्रम गर्दै हिडिरहेको ६ नं वडा अध्यक्ष मान बहादुर के.सीले जानकारी दिनुभयो । वडा अध्यक्षको टोलिले डेंगु कसरी लाग्छ,त्यो के हा, अनि त्यसबाट बच्ने उपायको बारेमा जानकारी गराउदै आइरहेको पनि बताउनुभयो ।
वडा अध्यक्ष के.सी सहित स्वास्थ्य इकाई लुङ्गका गोबिन्द के.सी,जनप्रतिनिधि बल बहादुर के.सी,पिपलटारीका स्वास्थ्य इकाई ईञ्चार्ज रेखा के.सी गुरुङ लगायतको सहभागित रहेको थियो भने वडामा कार्यक्रम नसकिदासम्म त्यसलाई निरन्तरता दिने समेत अध्यक्ष के.सीले जानकारी दिनुभयो । साथै कुनै लक्षण वा समस्या परेमा नजिकैको स्वास्थ्य चौकी वा वडा कार्यलयमा खवर गर्न समेत उहाँले सबैलाई आग्रह गरिएको बताउनुभयो ।








