अन्धनाशक मा.वि लिघामा कोरोनाको दोस्रो खोप १६० जना बिद्याथीले
बिबश जि एम प्यूठान
०७९ भदौ २८
नौबहिनी गाउँपालिका २ को अन्धनाशक मा.वि लिघामा आज कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएको छ । पाँच बर्ष पुरा भइ ११ बर्ष ननाघेका बालबालिकाहरुका लागि यो खोप लगाएको प्रधानाध्यापक नेपाल सिह पुरीले जानकारी दिनुभयो ।
पिडिजर बायोनपिस नामक खोप त्यस स्कुलमा कक्षा १ देखी ६ कक्षा सम्मका बिद्यार्थीहरुलाई लगाइएको छ् । ८६ छात्रा र ७४ छात्र गरि जम्मा १६० जना बिद्यार्थीले उक्त खोप लगाएको प्र.अ पुरीले जानकारी दिनुभयो । त्यस्तै सोही बिद्यालयमा भोलि भदौ २९ गते बालदिवसको अवसर पारी बिभिन्न कार्यक्रमहरु गर्ने बताउनुभएको छ । '' बाल मैन्त्री समाजको आधार,जिम्मेवार परिवार,उत्तरदायी सरकार'' भन्ने मुलनाराका साथ सो कार्यक्रम गर्न लागिएको प्र.अ पुरीले जानकारी दिनुभयो । कार्यक्रममा बाल ¥याली,बत्तृmत्वकला प्रतियोगिता,म्यूजिकल चियर लगायतका थुप्रै कार्यक्रम गर्ने बताउनुभयो ।








