समय : ०६:५४ pm | बिहिबार , चैत्र ५ गते २०८२

चाड पर्वलाई लक्षित गरि बजार अनुगमन

स्वर्गद्वारी अपडेट | भाद्र २३ गते २०७९
  भदौ २३ ,लव कुमार अधिकारी ,प्युठान चाड पर्वलाई लक्षित गरि ईलाका प्रसासन कार्यालय  जस्पुर प्युठानको कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका स्थित भिङग्री तथा जलुके बजार र माण्डवी गाउँपालिकाको जस्पुर बजार  अनुगमन गर्ने कार्य सम्पन्न भएको छ । भिङग्री तथा जलुके बजार स्थित होटल रेष्टुरेण्ट,चाउमिन तथा बेकरी उद्योग , किराना पसल, फार्मेशी लगायतका गरि कुल ५३ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक राजेश चौधरी ,ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ, ईलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी सहायक निरिक्षक धन बहादुर डाँगी ,पत्रकार शशिधर भण्डारी लगायतको सहभागिता रहेको थियो । भिङग्री तथा जलुके बजार स्थित होटल रेष्टुरेण्ट,चाउमिन तथा बेकरी उद्योग , किराना पसल, फार्मेशी लगायतका गरि कुल ५३ वटा व्यावसायिक फर्म तथा उद्योगहरु र  जस्पुर बजारमा रहेको कोशेली घरमा बिक्रिको लागी राखिएको  अखाद्य र बिग्रिएको रु ८ हजार ८ सय बयासी रुपैया बराबरको घ्यु, फापरको पिठो ,चना, सिमी, भटमास, बेसार अचार कागतीको रस ,गरि  कुल ९ हजार ५ सय ९२ र पैसा ५० बराबरको खाद्य गेडागुडी , खानेकुरामा प्रयोग गर्ने गरेको रङ तथा लिची जुस, किरालागेको पास्ता समेत जफत नस्ट गराएको थियो । 'अनुगमन गरिएका सबै चाउमिन तथा बेकरी उद्योगहरुले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गरेको , सबै खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुलाई अनिवार्य रुपमा खाद्य अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा विक्रि वितरण गर्न ' तोकिएको समयभित्र अनुज्ञापत्र नलिएमा कडा कारवाही गर्ने चेतावनी निर्देशन दिइएको पुरीले बताए । केहि फार्मेशीहरुमा फार्मेशिष्ट विना ओषधी पसल संचालन भईरहेको उक्त फार्मेशीहरुलाई अनिवार्य रुपमा फार्मेशिष्ट राख्न निर्देशन दिएको र होटल तथा रेष्टुरेण्टहरुले सरसफाईमा नभएको , अधिकांश रेष्टुरेण्टमा मासुमा अखाद्य, होटल तथा पसलहरुलाई पिउने पानीमा अधिकतम खुद्रा मुल्य भन्दा बढि नलिन समेत निर्देशन दिइएको छ । ' उपभोक्त हितसंरक्षणका लागी बजार अनुगमनलाई तिब्रता दिईने र कैफियत देखिएका व्यावसायिक फर्म तथा उद्योगहरुलाई निरन्तर सचेत गराईने र उपभोक्ता हकहित संरक्षणका लागी एवं अनुगमनका क्रममा देखिएका समस्याहरुको  सन्दर्भमा सरोकारवाला निकायहरु विच अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरिने कार्यालयको भावी योजना रहेको ईलाका प्रसासन कार्यालय प्रमुख  पुरीले बताए ।  

यो पनि पढ्नुहोस्