१५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न गाउँपालिकाको आग्रह
बिबश जि एम,
२०७९ भदौ २१
झिमरुक गाउँपालिकाले निशुल्क रुपमा आफ्नो पालिकाभित्र दर्ता तथा नबिकरण भएका पशुपालक फर्म वा समुहहरुलाई हिउँदे घाँसको विउ तिरण गर्ने भएको छ । पालिकाले आर्थिक बर्ष २०७९र०८० सालको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रहेर वितरण गर्न थालेको हो । आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त गर्नको लागि अनुरोध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यकताको लागि जग्गा धनीको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि,गाउँपालिकामा दर्ता भएको प्रमाण पत्रको नविकरण सहितको प्रतिलिपि,नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,आबश्यक हिउदे घाँसको बिउको परिणाम खुल्ने निवेदन लगायतको कागज पत्र माग गरेको छ ।








