समय : ०५:४१ pm | बिहिबार , चैत्र ५ गते २०८२

दर्भानमा अबैध रूपमा संचालन गरेको फार्मेसीमा सिल

स्वर्गद्वारी अपडेट | भाद्र १५ गते २०७९
लव कुमार अधिकारी प्युठान,दर्भानमा अवैध रुपमा सञ्चालित फार्मेसी सिल गरिएको छ । सरुमारानी गाउँपालिका–२ दर्भानमा सञ्चालित जनसेवा फार्मेसीलाई प्रशासनको अनुगमन टोलीले सिल गरेको हो । बुधबार अनुगमनका क्रममा इलाका प्रशासन जस्पुरबाट खटिएको टोलीले अवैध रुपमा फार्मेसी सञ्चालन गरेको पाइएपछि सील गरिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख बाबुराम पुरीले जानकारी दिए । उनका अनुसार २०७८ चैत्र १ देखि सरुमारानी गाउँपालिका निवासी अनिता सिर्पालीको नाममा दर्ता भइ भारतीय नागरिक कंगकन लसकरले सञ्चालन गरेको पाइएको हो । ‘ कंगकन लसकरले ३५ वर्ष देखि औषधि उपचार गर्दै आइरहेको पाइयो’ पुरीले भने ‘. फार्मेसीमा मूल्यसुची, कर चुक्ता प्रमाण–पत्र, फार्मेसी संचालक अनिता सिर्पाली संगको सम्झौता पत्र समेत भेटिएन्’ । कंगकन लसकरले पढेर नभई जानेको सिकेको आधारमा बिरामी चेक जाच गर्दै आईरहेको बताए । उनले दैनिक जसो १०÷१२ जना बिरामीलाई औषधि उपचार गर्दै आइरहेका छन् । पाँच लाख मुल्यको पुजी परिचालन गर्ने स्वीकृत लिइ सञ्चालन गरिएको फार्मेसीमा २०–२५ लाखको औसधि रहेको स्विकारेका छन् । फार्मेसीबाट ५ हजारको म्याद गुज्रिसकेको औषधि वरामद गरेको छ । भारतीय नागरिक कंगकन लसकरलाई समेत जिल्ला प्रहरी कार्यालय प्युठान पठाइ आवश्यक कानुनी उपचार खोजिएको प्रशासक प्रमुख पुरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्