समय : ०५:३२ pm | बिहिबार , चैत्र ५ गते २०८२

प्यूठानका २ सहकारीवीच एकिकरण घोषणा

स्वर्गद्वारी अपडेट | भाद्र १० गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानका २ ठूला सहकारीविच एकिकरण भएको छ । जिल्लाको खैरामा रहेको फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेड र जुम्रिमा रहेको विजयलक्ष्मी महिला बहुउद्देश्य सहकारी सस्था लिमिटेड विच एकिकरण भएको घोषणा शुक्रबार एक कार्यक्रमको विच गरिएको हो । दुई सस्थाविच एकिकरण भएर विजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमिडे भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका केन्द्रिय अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सस्थाको मुख्य कार्यालय तथा मोबाइल एप्लिकेसनको पनि एकै साथ उदघाटन गरिएको छ । कार्यक्रलमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कडेलले राज्यले गर्नुपर्ने मुख्य काम सहकारीले गरेको बताएका छन । गरिवी नियन्त्रण,रोजगारीको सिर्जना तथा उत्पादनमूलक जनशक्ति उत्पादन गर्ने कार्यमा सहकारी अगाडी रहेको बताएका छन ।त्यस्तै अध्यक्ष कडेलले दिगो बिकासको १७ वटा लक्षयहरु पुरा गर्नको लागी पनि सहकारीको महत्व रहेको स्पष्ट पारेका छन । २०५४ सालका स्थापना भएको फुलबारी बचत तथा ऋण सहकारी सुरुमा १३ जनाको बचतसदस्यहरुबाट सुरु भएको थियो । अहिले विजय फुलबारी बचत तथा ऋण सहकारी सस्थामा १ करोड , ७६ लाख ५४ हजार ८०० रुपैया शेयर पुजि रहेको छ । त्यस्तै जखेडा कोषमा १ करोड,८ लाख ,४६ हजार ६५१ रुपैया रहेको छ । सस्थामा अहिले ४ हजार ८५६ शेयर सदस्य रहेका छन । सस्थाका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल,माण्डबी गाउपालिकाका अध्यक्ष नमराज अधिकारी ,प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्मा,प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुन कक्षपति ,प्यूठान नगरपालिकाका वडा नं.३ का अध्यक्ष सुमनराज श्रेष्ठ,सस्थाको उपाध्यक्ष राधा पुलामी, पत्रकार लगायत सस्थाको सदस्यहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्