समय : ०५:३२ pm | बिहिबार , चैत्र ५ गते २०८२

गौमुखि ६ को वडा कार्यालयमा ताला

स्वर्गद्वारी अपडेट | भाद्र १० गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको गौमुखि गाउपालिका वडा नं. ६ को वडा कार्यालयमा ताला लगाइएको छ । पहिचान नखुलेको ब्यक्तिद्धारा कार्यालयको मूल ढोकामा नै ताला लगाइएको गौमुखि गाउपालिका वडा नं. ६ का पशु प्राबिधिक हरि बहादुर खत्रीले जानकारी दिएका छन । शुक्रबार कार्यालय समयमा कार्यालय जादा ताला लगाइसकेकोे खत्रीले बताएका छन । ताला मात्र लगाएको तर ताला लगाउनुको कुनै कारण प्रस्तुत गरिएको कुनै पत्रहरु नभेटिएको उनको भनाई रहेको छ । वडा कार्यालयमा कार्यालय सहयोगीको पदपूर्तिको बिषयलाई लिएर नाम निस्कन नसकेका ब्यक्तिद्धारा ताला लगाइएको हुन सक्ने आसंका गरिएको छ । ताला खुलाउने विषयमा गाउँपालिकामा जानकारी गराइसकेको छ । घटनाको बारेमा बुझ्न गाउँपालिकाबाट सरोकारवाला तथा प्रहरी वडा कार्यालयमा जादै गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस्