स्टेशन म्यानेजर अधिकारीको जन्मदिनमा वृक्षारोपण
अनुज पछाई , प्यूठान । रेडियो स्वर्गद्धारी एफएम प्रालि ८८.४ मेगाहर्जका स्टेशन म्यानेजर लव कुमार अधिकारीको जन्मदिवशको अवसर पारेर वृक्षारोपण गरिएको छ । अधिकारीको ३३ औ जन्मदिवशको अबसरमा माण्डबी गाउपालिका वडा नं.१ मा रहेको त्रिवेणीधाममा करिब ३० बढी विरुवाहरु रोपिएको छ ।
अमला,दालचिनी ,विभिन्न प्रकारका फुलका बोटहरु रोपिएको छ । वृक्षारोपण कार्यक्रममा माण्डबी गाउपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकी, वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढा,वडा सदस्य ऋषिराम अधिकारी,जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्र केसी,नेपाली काङग्रेस जिल्ला समिती प्यूठानका कोषाध्यक्ष पदपक केसी,सिभिल बैङक माण्डबी शाखा प्रमुख राजु खरेल , कर कार्यालय जस्पुरका प्रमुख सोनु काफ्ले, कामना सेवा बिकास बैङक कृष्ण सुबेदी लगायतको ब्यक्तिको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।








