समय : ०३:५१ pm | बिहिबार , चैत्र ५ गते २०८२

माण्डबी माबिमा शैक्षिक सामगी् निर्माण र प्रयोग कार्यशाला सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र ६ गते २०७९
अनुज पछाई ,प्यूठान । जिल्लाको माण्डबी गाउपालिकामा रहेको नमूना बिद्यालय माण्डबी माबिमा शैक्षिक सामग्री निर्माण तथा प्रयोग कार्यशाला सम्पन्न भएको छ । बिहिबारबाट सुरु भएको कार्यशाला सनिबार सकिएको हो । । नमूना विद्यालय विकास गुरुयोजना २०७९ अनुसार शैक्षिक सामग्री निर्माण एवम प्रयोगशाला सुरु भएको हो । माण्डबी माबिका प्ले गुप्र देखि कक्षा १२ सम्म अध्यापन गराउने ३५ शिक्षक र ३० बिद्यार्थीको लागी कार्यशाला सञ्चालन गरिएको थियो । माण्डबी माद्यमिक बिद्यालयले टाक्स नेपाल काठमाण्डौका प्रशिक्षकहरुद्धारा आफ्ना शिक्षकलाई तालिम प्रदान गरेको हो । कार्यशालामा पाठयक्रमअनुसार शैक्षिक सामग्री निर्माण प्रयोग र परियोजनाको कार्य गरिएको छ । तालिममा टाक्स नेपालका प्रशिक्षक अर्जुन भट्ट र कमला देबकाटाले प्रशिक्षण दिएका थिए । २०७६ सालमा नमुना बिद्यालयको रुपमा मान्यता पाएको माण्डबी माद्यमिक बिद्यालयलमा हालसम्म पले गुप्र देखि कक्षा १२ सम्म ११ सय बढी बिद्यार्थी रहेका छन । प्यूठानमा अहिलेसम्म ५ बिद्यालयले नमूना बिद्यालयको मान्यता पाएका छन ।  

यो पनि पढ्नुहोस्