अखिल (क्रान्तिकारी) प्यूठानको तेस्रो बिस्तारीत बैठक सम्पन्न
अनुज पछाई , प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति प्यूठानको तेस्रो बिस्तारीत बैठक तथा छलफल सनिबार सम्पन्न भएको छ । प्यूठान जिल्लाको जुम्रिमा सञ्चालन भएको बैठकमा विविध प्रशिक्षणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
अनेरास्वीयू क्रान्तिकारी जिल्ला समिति प्यूठानका अध्यक्ष प्रेम बहादुर बिश्वकर्माको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य कृष्ण घिमिरे,अनेरास्वीयू क्रान्तिकारी निवर्तमान केन्द्रिय सचिव सुमनराज श्रेष्ठ,केन्द्रिय सदस्य पुस्कर शर्मा ,लुम्बिी प्रदेश मुख्य सचिव राजेन्द्र बिष्ट,लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन लगायतले प्रशिक्षणात्मक मनतव्य राखेका थिए ।
कार्यक्रममा अनेरास्वीयू लुम्बिी प्रदेश कार्यालय सदस्य अच्युत गौतम ,सचिवालय सदस्य प्रतिक अधिकारी लगायत जिल्लाका विभिन्न बिद्यालयमा गठन गरिएको इकाइ समितीका पधादिकारीहरुको सहभागीता रहेको थियो ।







