समय : ०२:२८ pm | बिहिबार , चैत्र ५ गते २०८२

आमाहरुलाई स्वास्थ्य सचेतना गराउदै प्यूठान नगरपालिका

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान नगरपाालिकाको स्वास्थ्य शाखाले नगरपालिका भित्र रहेका स्वास्थ्य आमा समूहहरुलाई स्वास्थ्य सचेतना फैलाउने कार्यको अभियान सुरु गरेको छ । नगरपालिकाका १० वटै वडामा रहेका स्वास्थ्य आमासमूहलाई ब्यक्तिगत तथा वाताबरणी स्वास्थ्यका बारेमा सचेतना फैलाउनको लागी उक्त अभियान सञ्चालन गरिएको प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले बताएका छन । अभियान मंगलबार १ नं. वडाबाट सुरु भएको छ । यो अभियान सबै वडामा सञ्चालन हुने छ । अभियानमा आमाहरुलाई ब्यक्तिगत स्वास्थ्य ,परिवार नियोजन ,कोभिड १९ को जानकारी तथा नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सेवाको बारेमा जानकारी प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस्