समय : ०६:३३ pm | बिहिबार , फागुन २८ गते २०८२

३ बर्षिया छोरोको हत्या गर्ने बुवा पक्राउ

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । ३ वर्षीय नाबालक छोरोको हत्या गरेको अरोपमा बुवा पक्राउ परेका छन् । बर्दियाको बाँकसगढी नगरपालिका ५ मा डेरा गरेर बस्ने डम्बर बहादुर बोहरा नाबालक छोरोको हत्या अरोपमा पक्राउ परेका हुन । साउन १६ गते घरबाट छोरालाई लगेर बोहरा भागेका थिए । त्यसपछि आफन्तले खोजि गरिदिन प्रहरीमा निवेदन दिएको दिएका थिए । प्रहरीले खोजतलास गर्नेक्रममा सोमबार ९आज० दिउँसो बाँकेको कोहलपुरबाट बोहरालाई पक्राउ गरेको हो । उनी पक्राउ परेपछि नाबालक छोराको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । बाबुलाई पक्राउ गरियो र सोधपुछ पछि उनले नै सिकाएको ठाउँमा छोरोका पनि शव फेला परेको छ । प्रहरी नायव निरीक्षक सुवेदीले भन्नुभयो।  

यो पनि पढ्नुहोस्