समय : ०६:३५ pm | बिहिबार , फागुन २८ गते २०८२

सुमो दुर्घटनामा परि ६ जना घाइते

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । सुमो गाडी दुर्घना हुँदा ६ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १ बजेतिर बुटवलबाट लिबाङतर्फ आउदै गरेको भे १ ज १७७१ नं।को सुमोगाडी रोल्पा नगरपालिका वडा नम्बर (१ भदौरे मन्दिरको नजिकै ओरालो बाटोमा अनियन्त्रित भइ गाडी सडकदेखि करिब १० मिटर खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइते हुनेहरुमा रोल्पा नगरपालिका (९ ह्वामाका २६ वर्षीय दिबिसा बुढा, सोही ठाउँका ३१ वर्षीय कमल प्रसाद बुढामगर, रोल्पा नगरपालिका (७ माडीचौरका २८ वर्षीय भिमली घर्तीमगर र गंगादेव गाउँपालिका( ७ बडाचौर निबासी २४ वर्षीय नरेन पुन, रोल्पा नगरपालिका (३ खुमेलकि संगीता परियार र सोही ठाउँका ३४ वर्षीय पर्शुराम परियार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए। घाइते मध्ये रोल्पा नगरपालिका (३ खुमेलकि संगीता परियार र सोही ठाउँका ३४ वर्षीय पर्शुराम परियारलाई जिल्ला अस्पाताल रेउघामा सामान्य उपचार पश्चात थप उपचारको लागि अपरान्ह ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल बुटल रिफर गरिएको र उनिहरुको अवस्था मध्यम रहेको छ भने घाइते मध्ये अन्य चार जनालाई जिल्ला अस्पताल रेउघामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक भुसालले बताए। उक्त गाडी चालक दाङका घोराही उपमहानगरपालिका (४ गोग्लीका २५ वर्षीय अर्जुन बिकलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भुसालले बताए।

यो पनि पढ्नुहोस्