समय : १०:०४ am | बिहिबार , चैत्र ५ गते २०८२

पातञ्जल योग समिति प्यूठानको अध्यक्षमा अधिकारी

स्वर्गद्वारी अपडेट | श्रावण २० गते २०७९
अनुज पछाई,प्यूठान । पातञ्जल योग समिति नेपालको शाखा कार्यालय प्यूठानमा गठन गरिएको छ । शुक्रबार जुम्रिमा एक कार्यक्रमको आयोजना गरि समिती गठन गरिएको हो । समितिको अध्यक्षमा लव कुमार अधिकारी सर्वसहमति चयन भएका छन । त्यस्तै उपाध्यक्षमा कमल पौडेल,सचिव बिकास पोख्रेल,सहसचिव अनुज पछाई, कोषाध्यमा उमा शर्मा लाई चयन गरिएको छ ।त्यस्तै सदस्यहरुमा गोपाल गीरी,गोपाल थापा ,ललिता केसी,यादव योगी ,बविता रिजाल,सन्तोष सुनार र माधव केसी चयन भएका छन । चागुनारायण नगरपालिका भक्तपुरमा केन्द्रिय कार्यालय रहेको पातञ्जल योग समिती देशभरका ७७ जिल्लामा सञ्चालन गर्ने उद्देश्य रहेको पातञ्जल योग समिती नेपालका केन्द्रिय सदस्य डा.ओमहरी भट्राइले बताएका छन । नेपालका प्रत्यक प्रदेश जिल्ला र स्थानिय तहमा समिती तिब्र रुपमा बिस्तार हुने क्रममा रहेको छ । यस सस्थाले योग आयुर्बेद , प्राकृतिक र चिकित्सा बिषयको गोष्ठि गर्ने विभिन्न संघसस्था तथा स्थानिय तहसंग समन्वयन गर्ने ,बिद्यालय महाबिद्यालयका बिद्यार्थी,युवा, शिक्षक, ब्यापारी, पत्रकार, नागरिक, किसान ,श्रमिक, प्रहरी तथा सुधारगृहमा रहेका ब्यक्तिहरुलाई योग ध्यान प्राणायम आवस्यक रहेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य डा भट्राइले योग सबैको लागी आबस्यक रहेको बताएका छन । ब्यक्तिले समय ब्यबस्थापन गर्न बर्तमान समयमा २४ घण्टामा १ घण्टा योग ,१ घण्टा नृत्य कर्म ,२ घण्टा परिवारकालागी समय ,६ घण्टा निद्रा ब्यबस्थापनको लागी र ८ घण्टा मेहनत र परिश्रमको लागी र बाकी ६ घण्टा सामाजिक सेवा र मनोरञ्जनका लागी आबस्यकता रहेको बताएका छन । यसै गरि प्यूठान जिल्लाका सबै स्थानिय तहसंग समन्वय र सहकार्य गर्दै योगमय जिल्ला निर्माण गर्न सबैसंग हातेमालो गर्दै अगाडी बडने पातञ्जल योग समिति नेपाल प्यूठानका अध्यक्ष लब कुमार अधिकारीले बताएका छन ।

यो पनि पढ्नुहोस्