अनुज पछाई,प्यूठान । २०७८ सालमा सञ्चालन भएको माद्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ठ नतिजा ल्याउन सफल माण्डबी गाउपालिकाका बिद्यार्थीहरुलाई सम्मान गरिएको छ । जिल्लाको माण्डबी गाउपालिका वडा नं. ३ ले बिहिबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालबाटै सम्मान गरेको माण्डबी मा बि का प्रअ मेघराज पौडेलले बताएका छन । माण्डबी गाउपालिकामा सबैभन्दा बढी जिपिए ३.८ ल्याउन सफल माण्डबी माबिका छात्र अभिषेक रसाली लगायत अन्य ४ जनालाई सम्मान गरिएको वडा नं. ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले बताएका छन ।

५ जना ए प्लस ल्याउन सफल बिद्यार्थीलाई सम्मान गरिएको हो । सम्मान हुने अन्य बिद्यार्थीमा अरुण सापकोटा, जायश्वर रावत,अप्सना कार्की र झरना खडका रहेका छन । ५ जना नै माण्डबी माबिका बिद्यार्थी हुन । प्यूठान जिल्लामै सामुदायिक बिद्यालयको तर्फबाट ३.८ जिपिए ल्याई अभिषेक जिल्ला प्रथम भएको बिद्यालयको दाबी छ ।