समय : ०८:२४ am | बिहिबार , चैत्र ५ गते २०८२

प्यूठान गौमुखिका एक युवाको शव अर्घाखाचिमा फेला

स्वर्गद्वारी अपडेट | श्रावण १७ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान गौमुखि गाउपालिकाका एक युवाको शव मङगलबार छिमेकी जिल्ला अर्घाखाचिको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा भेटिएको छ । शब गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसीको रहेको प्रहरीले जनाएको छ । आइतबारदेखि सम्पर्कविहिन रहेका केसीको शव मङगलबार धनचौरको पाकुमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए । उनी स्काभेटरमा अपरेटरको काम गर्थे । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्