समय : ०८:२४ am | बिहिबार , चैत्र ५ गते २०८२

हिजोदेखि झिमरुक ६ मा बिद्युत सेवा अबरुद्ध

स्वर्गद्वारी अपडेट | श्रावण १७ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका ६ चिसाबाङमा सोमबार साझदेखि बिद्युत सेवा बन्द भएको छ । सोमबार साझ बिद्युत प्रसारण ट्रान्समिटर पडकिदा बिद्युत आपुर्ति बन्द भएको हो । अहिले झिमरुक छ का करिब ३ सय बढी घरधुरी बिद्युत सेवा बाट बन्चित भएका छन । झिमरुक ६ को चिसाबाङ, राटटारि, बिष्टटोला, नेटा, तोरबाङ लगाएतका ठाउँमा बिधुत अबरोध भएको छ । जलेको ट्रान्सर्फमर बदल्नु पर्ने भएकोले बुधबार मात्र समस्या समधान हुने बिधुत प्राधिकरण कार्यलय प्युठानका निमित्त कार्यलय प्रमुख प्रकाश के शिले  बताएका छन . स्रोतः झिमरुक गाउपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको फेसबुक ।

यो पनि पढ्नुहोस्