समय : ०३:४४ pm | बिहिबार , फागुन २८ गते २०८२

प्युठानमा हुने ‘साहित्य महोत्सवको’ तयारी तीब्र

स्वर्गद्वारी अपडेट | श्रावण १७ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा हुने साहित्य महोत्वसबको तायरी तिब्र गतिमा अगाडी बढेको छ । जिल्लाको जीवन, संस्कृति, भाषा, कला, समाज तथा राजनीतिलाई साहित्यको माध्यमबाट उजागर गर्नको लागि प्युठानमा ‘प्युठान साहित्य महोत्सव’ हुने भएको छ। आगामी कार्तिक ५ देखि ७ गतेसम्म प्युठानमा हुने ‘साहित्य महोत्सव’ तयारी तिब्र रुपमा अगाडी बढेको साहित्य परिषद प्यूठानका अध्यक्ष नवराज आचार्यले बताएका छन । यसै सन्दर्भमा सोमबार प्राज्ञा डा गोपिन्द्र पौडेलको विशेष उपस्थितिमा नेपाल प्रज्ञा प्रतिषठानमा बसेको बैठकले साहित्य महोत्सबको बारेमा बिभिन्न योजना बनाएको छ । देशका विभिन्न ठाऊँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजीवीहरुलाई समेत प्रतिनिधित्व गराइने सो महोत्सवको उद्घाटन कार्तिक ५ गते स्वर्गद्वारीमा स्थानीय झाँकी, कविता, गीत लगायतका साहित्यिक गतिविधिहरुका साथ हुनेछ। कार्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कार्तिक ७ गते बाग्दुलामा देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई अझ आकर्षक बनाइनेछ। सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिने निर्णय गरिएको छ । त्यस्तै साउन २३ गते विस्तृत बैठकको आयोजना पनि गरिएको अध्यक्ष आचार्यले बताए । बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्रेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने छ ।

यो पनि पढ्नुहोस्