समय : ०६:५३ am | बिहिबार , चैत्र ५ गते २०८२

बहानेको बृहत स्वास्थ्य शिविरमा ३८० जानले सेवा लिए

स्वर्गद्वारी अपडेट | श्रावण १५ गते २०७९
बबिता रिजाल । जिल्लाको नौबहिनी गाउपालिका बहानेमा सञ्चालन भएको निःशुल्क बृहत स्वास्थ्य शिबिरबाट ३८० सेवागा्रहीले सेवा लिएका छन । सनिबार सञ्चालन भएको निःशुल्क सिबिरमा औषधि पनि वितरण गरिएको थियो । समृद्ध सेवा समाज लमजुङ गोर्खा तनहु सेवा समाज नेपाल को आयोजना तथा नौबहीनी गाउपालिका प्यूठान र इलाका प्रहरी कार्यालय नौबहिनी गाउपालिका बहाने प्यूठानको समन्वयनमा निःशुल्क शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । शिविरमा १५० जनाको दन्त उपचार तथा ५० जनाको सुगर जाच र अन्यलाई स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्