प्युठान जीप दुर्घटनाः थप २ जनाको मृत्यु
अनुज पछाई , प्यूठान । प्युठानमा सनिवार भएको जीप दुर्घटनामा थप २ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । घटनास्थलमा १ जना सहित मृत्यु हुनेको संख्या तीन जना पुगेको छ।
दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवनसिटी अस्पतालम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमै मृत्यु भएको थियो ।
रुपन्देहिबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका तीर्थालु बोकेकोे लु ३ च ३५३ नम्वरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।








