“प्रहरीसंग एक दिन” कार्यक्रम प्यूठानमा सम्पन्न
अनुज पछाई,प्यूठान । प्यूठानमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ’’प्रहरी सँग १ (एक) दिन’’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरीटोलिले जन जाग्रीती माध्यमिक विद्यालय कसेरीका बिद्यार्थीसंग विविध जानकारीमूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा १० का २६ जना छात्र, छात्राहरुलाई जिल्ला प्रहरी कार्यालयले गर्ने सेवा प्रवाहको प्रकृयाको बारेमा जानकारी गराउने क्रममा शाखाहरुवाट सम्पादन हुने कार्यहरुको जानकारी गराएको थियो ।
त्यस्तै बाल–बिबाह, वहु–विवाह, जबरजस्ती करणी, साईबर क्राईम तथा आधारभुत सुरक्षाका विषयमा अन्तरक्रियात्मक जानकारी पनि गराइएको थियो ।








