समय : ०३:४९ am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठानमा नवनियुक्त खेलकुद बिकास समितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०७९
बिशाल बिश्वकर्मा , प्यूठान । प्रदेश खेलकुद बिकास परिषद लुम्बिनी प्रदेशबाट नियुक्त भएका प्यूठान जिल्ला खेलकुद बिकास समितिका पधादिकारीहरुलाई मङगलबार एक कार्यक्रमको साथ स्वागत तथा सम्मान गरिएको छ । प्रदेश खेलकुद परिषद , लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमा खेलकुद संग सम्बन्धि विविध बिषयमाथी छलफल भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले प्यूठान खेलकुदको क्षेत्रमा पछि परेको बताउदै जिल्लाका सरोकारवाला सस्था तथा ब्यक्तिहरुसंग समन्वयन गरि अगाडी बडनको लागी आग्रह गरेका छन । त्यस्तै जिल्लाका स्थानिय तहसंग हातेमालो गर्दै सामाजिक बिकास डिभिजन कार्यालय संग समन्वय गरि खेलकुदका कार्यक्रमहरु आयोजना गर्न पनि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीले गत असार १९ गते हुमलाल नेपालीको अध्यक्षतामा ९ सदस्यि प्यूठान खेलकुद बिकास समितिमा पदाधिकारी नियुक्त गरेको छ । जस्को उपाध्यक्षमा विमल प्रसाद पोख्रेल,कोषाध्यक्ष विस्नु प्रसाद न्यौपाने सदस्यहरुमा धर्मराज अधिकारी,बिशाल बिश्वकर्मा, दल बहादुर जिसी,शरद रायमाझि,केमान सिंह थापामगर र रञ्जन पौडेललाई नियुक्त गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा जिसस प्रमुख धरम जिसी प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगी , प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य बरुणध्वज मल्ल लगायत जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, पत्रकार तथा खेलाडीहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्