समय : ०६:३५ pm | सोमबार , फागुन ११ गते २०८२

प्यूठानमा ट्राफिक प्रहरीद्वारा ३३ लाख ६३ हजार राजस्व सङ्कलन

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०७९
अनुज पछाई, प्यूठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले गएको आर्थिक वर्ष २०७८÷०७९ मा ३३ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय प्यूठानले अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, बिलबुक, लाईसेन्स नभएका मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, लगायत ६ हजार ५० सवारी साधन कारवाहीबाट ३३ लाख ६३ हजार राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख चन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा कारवाही गरिएका सवारी साधन मध्य २४५ बस बाट १ लाख ३४ हजार ५ सय, ६ सय २ ट्रकबाट ३ लाख ७३ हजार , १४ सय २० जिप कार बाट, ७ लाख ७४ हजार राजस्व सङ्कलन गरिएको छ । त्यस्तै ४ सय १९ ट्याक्टरबाट २ लाख ३४ हजार, ३१ सय ३९ मोटरसाइकलबाट १७ लाख १४ हजार रकम सङ्कलन भएको छ । अन्य २२५ सवारी साधनबाट १ लाख ३३ हजार ५ सय राजस्व सङ्कलन गरि जम्मा ३३ लाख ६३ हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनु भयो । आ व २०७७–७८ मा भन्दा करिब २ लाख ३९ हजार भन्दा बढी राजश्व सङकलन भएको छ । आ.व २०७७–७८ मा जम्मा ३१ लाख २३ हजार ५ सय राजश्व सङकलन भएको थियो । कुन महिनामा कति ? गत आ व २०७८–७९ को श्रावण महिनामा १९८ सवारी साधन बाट १ लाख ९ हजार ,भदौ ३५२ सवारी साधनबाट १ लाख ८७ हवार ५ सय , असोज महिनामा ३५० सवारी साधनबाट १ लाख ८७ हजार , कार्तिकमा ३५० सवारी साधनबाट १ लाख ९० हजार ५ सय , मङसिरमा ५ सय वटा सवारी साधनबाट २ लाख ७२ हजार ५ सय राजश्व सङकलन भएको छ । त्यस्तै पुषमा ५५० सवारी साधनबाट ३ लाख ६ हजार ,माघमा ५०० सपारी साधनबाट २ लाख ८७ हजार ५ सय ,फागुनमा ५५० सवारी साधनबाट ३ लाख १४ हजार ५ सय,चैत्रमा ६ सय सवारी साधनबाट ३ लाख ३९ हजार ,बैशाखमा ७०० सवारी साधनबाट ३ लाख ९१ हजार ५ सय ,जेृठमा ६५० सवारी साधनबाट ३ लाख ७३ हजार र असारमा ७५० सवारी साधनबाट ४ लाख १५ हजार राजश्व सङकलन भएको छ ।

यो पनि पढ्नुहोस्