प्यूठानी गायक हिरा केसीले लिए “म रुदै डोलीमा”
अनुज पछाई ,प्यूठान । प्यूठानी लोक गायक हिरा केसीले आफ्नो मौलिक तीज गीत सार्वजनिक गरेका छन । उनको “म रुदै डोलिमा” बोलको तीज गीत सार्वजनिक भएको छ । २०७९ सालको तीज भित्रिए संगै गायक केसीले मौलिकता बोकेको तीज गीत “म रुदै डोलिमा” सार्वजनिक गरेका हुन ।
गायक केसीको गीत हिरा केसी अफिसियल युटुव च्यानबाट सार्वजनिक भएको छ । गीतमा गायिका भिमा कार्की , हिरा केसी र सञ्जिता मगरको स्वर रहेको छ । गीतको लय शब्द गायक केसीकै हो । त्यस्तै नारायण खत्री , विपुल खतिवडा , हिरा केसी र सपना लामाको तृत्यमा गीत तयार भएको छ ।
को हुन किरा केसी ?
सानैदेखि गीतसंगितमा रुचि राख्ने गायक हिरा केसीले अहिलेसम्म आधा दर्जन गीत रिकर्ड गरि सार्वजनिक गरेका छन । प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.९ जुडापाटामा जन्मिएका गायक केसी लाइभ दोहोरकिो क्षेत्रमा पनि अब्बल मानिन्छन ।
माद्यमिक तहसम्म जिल्लामा अध्यन गरेपश्चात उच्चशिक्षको लागी छिमेकी जिल्ला दाङमा प्रबेश गरेसंगै उनको गायन क्षेत्रको यात्राले पनि औपचारीकता पाएको थियो । गायक केसीले १६ बर्षको उमेरमै २०७३ सालमा पहिलो पटक “चोखो जोवान” बोलको गीत रेकर्ड गरि सार्बजनिक गरेका थिए ।
ंत्यस गीतको सफलतापछि क्रमशः गायक केसीका जाले रुमाल (लोक गीत),काकारीको झाल (तीज विशेष),माइतीको सम्झना ,साई तिम्रो मायाले र अहिले म रुदै डोलिमा कोलको तीज गीत कोशेली प्रस्तुत गरेका छन ।
काठमाण्डौमा अस्थायी बसोबास बनाएका केसी अहिले गायन क्षेत्र संगसंगै आफ्नै ब्यबसाय पनि सञ्चालन गरेका छन ।