समय : ०३:४७ am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठान नगरपालिका १ मा बीउ प्रशोधन तथा भण्डार गृहको उदघाटन

स्वर्गद्वारी अपडेट | श्रावण ९ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. १ धाइरेचौरमा प्राथमिक बिउ प्रशोधन तथा भण्डार गृहको सनिबार एक कार्यक्रमको साथमा उदघाटन गरिएको छ । करिब १४ लाखको लगानीमा बिउ प्रशोधन गृहको निर्माण गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्वय इकाइ प्यूठानको ८ लाख , प्यूठान नगरपालिकाको कार्यालयको ४ लाख तथा २ लाख बराबरको श्रमदान गरि १४ लाखमा बीउ प्रशोधन गृहको निर्माण गरिएको हो । सुनौलो कृषि सहकारी मार्फत निर्माण गरिएको भवनमा कृषि उत्पादनको भण्डारण , प्रशोधन बिक्रि वीतण गर्ने उद्देश्यले निर्माण गरिएको प्राधनमन्त्रि कृषि आधुनिकरण परियोजन ,परियोजना इकाइ प्यूठानका प्रमुख चुमान सिंह गीरीले बताएका छन । बीउ प्रशोधन तथा भण्डार गृहको उदघाटन प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगीले गरेका हुन ।

यो पनि पढ्नुहोस्