माण्डबी ३ मा वडाका सेवा घरदैलोबाटै प्रदान
अनुज पछाई, प्यूठान । प्यूठानको माण्डबी गाउपालिका वडा नं. ३ ले वडा बाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई वडा बासीहरुको घरदैलोबाट नै प्रदान गर्न सुरु गरेको छ ।
वडाबाट प्रदान हुने सामाजिक सुरक्षा भत्ता लगायत ब्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद, एकल महिला भत्ता, वृद्ध भत्ता, अपाङ्ग सहायता, दलित बालबालिका भत्ता लगाएतको काम गर्न वडाबाट कर्मचारी खटाई घरदैलोबाट सेवा प्रदान गरिने माण्डबी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिएका छन ।








