समय : ०२:२० am | बिहिबार , चैत्र ४ गते २०८२

लिबाङ्गमा मृतकको सम्झनामा प्रतिक्षालय बनाईने

स्वर्गद्वारी अपडेट | श्रावण ७ गते २०७९
केशर सुनार,प्यूठान । प्यूठानको गौमुखि गाउपालिका लिबाङ्गमा प्रतिक्षालय बनाइने भएको छ । गौमुखि गाउपालिकामा बिवाहको जीप दुर्घटना परि मुत्यु भएका ब्यक्तिहरुको सम्झनामा प्रतिक्षालय निर्माण गरिने भएको हो । शुक्रबार ४० औ विपि स्मृतिको अबसरमा प्युठानको गौमुखि गाउपालिका वडा न ६ लिबाङ्गमा भएको कार्यक्रममा उक्त बिषयको निर्णय भएको हो । प्रतिक्षालय निर्माण को लागि लिबाङ्ग ओखरपाटा निबासी मान बहादुर खत्री ले जग्गा दान गर्ने प्रतिबद्धता गरेको नेपाली काङ्ग्रेस वडा न ६ का सचिब निर्मल सुनारले बताएका छ्न । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय उपसभापति जुमान सिंह जिसि , नेपाली काङ्ग्रेस गौमुखी गाउपालिका वडा न ६ का तत्कालीन नेपाली काङ्ग्रेस सभापति अमृत ओली एबम काङ्ग्रेस कार्यकर्ता लगायत स्थानियको उपस्थिति रहेको थियो । गत २०७८ माघ २२ गते दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका थिए । दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्