प्यूठान अस्पतालमा निःशुल्क रक्त सेवा सुरु
अनुज पछाई,प्यूठान । प्यूठान अस्पतालमा निःशुल्क रगत प्राप्त हुने भएको छ । नेपाल रेडक्रस जिल्ला शाखा प्यूठान र जिल्ला अस्पताल प्यूठानबीच बुधबार भएको सम्झौता अनुसार विगतमा शुल्क लाग्ने गरेकोमा अब भने निशुल्क प्राप्त गर्न सकिने भएको छ ।
विगतका दिनहरुमा रगतको लागी ८५० रुपैया तिनुपर्दथ्यो । ब्लड अबदेखि निःशुल्क प्राप्त गर्न सकिने जिल्ला रेडक्रस सोसाइटि प्यूठान शाखाका सभापति गुमानराज पुलामीले बताएका छन ।
बुधबारदेखि लागु हुनेगरि प्यूठान अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिडेण्टेन खिमप्रसाद पार्धे र रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।








