नेपाली काङग्रेस प्यूठान नगरले विपि स्मृति दिवश मनाउने
गणेश भुषाल,प्यूठान । नेपाली काङग्रेस प्युठान , प्यूठान नगरपालिकाले विपि स्मृति दिवश मनाउने निर्णय गरेको छ । स्मृति दिबशको अबसर पारेर नगर समितिले स्थानिय तहको निर्वाचन समिक्षा,संगठन निर्माणको लागी आगामी रणनिति तथा विभिन्न रचनात्मक कार्यहरु गरि विपि स्मृति दिवश मनाउने तयारी रहेको नेपाली काङग्रेस प्यूठान नगरपालिका नगर सभापति नेत्र बहादुर केसीले बताएका छन ।
विपि स्मृति दिवश आउदो श्रावण ६ गते शुक्रबार मनाउदै छ ।
विपि कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए । उनको जन्म १९७१ भाद्र २४ र निधन २०३९ साउन ६ गते भएको थियो ।








