समय : ०२:२० am | बिहिबार , चैत्र ४ गते २०८२

ग्लोबल आइएमई बैंक प्युठानले दियो विपन्न विद्यार्थीलाई छात्रवृत्ति

स्वर्गद्वारी अपडेट | श्रावण ४ गते २०७९
अनुज पछाई,प्युठान । ग्लोबल आइएमई बैंक बिजुवार शाखाले बुधबार छात्रवृत्ति प्रदान गरेको छ। प्यूठान नगरपालिका ४ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृति चौधरीलाई छात्रवृत्ति दिएको हो। आर्थिक अवस्था कमजोर भएका चौधरीलाई बैंकको सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत छात्रबृत्ति प्रदान गरेको बैंकका शाखा प्रबन्धक दिपेन्द्र के सि बताए । छात्रा चौधरीलाई कक्षा १२ सम्म छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ। अभिभावकसहित बालिकालाई शिक्षक अभिभावक संघका अध्यक्ष टेकराज केसी तथा बैकका शाखा प्रबन्धक दिपेन्द्र के सिले संयुक्त रुपमा छाबृत्ति रुवरुप रु १२ हजार हस्तान्रण गरेका हुन ।

यो पनि पढ्नुहोस्