समय : ०२:२० am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठानको झिमरुक नदिमा हाम फालेर महिलाको निधन

स्वर्गद्वारी अपडेट | श्रावण ४ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको झिमरुक नदिमा हाम फालेर एक महिलाको निधन भएको छ । प्यूठान झिमरुक गाउपालिका वडा नं. ८ गब्दिका ४४ बर्षिया श्याम कुमारी शार्कीको नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । बिगत केहि महिनादेखि मानसिक रोगी रहेको शार्कीलाई उपचारको लागी टिमुरचौरसतर्फ झाक्रीकामा जादै गर्दा खोलामा हाम फालेको श्रीमान झग बहादुर शार्कीको भनाइ उद्रित गर्दै प्रहरीले बताएको छ । श्रीमती श्यामकुमारीलाई लाई बचाउने प्रयास गर्दा श्रीमान पनि सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता शुशिल थापाले जानकारी दिएका छन । घटनाको अनुसन्धान भैरहेको प्रबक्ता थापाको भनाइ छ ।

यो पनि पढ्नुहोस्