समय : १२:३५ am | बिहिबार , चैत्र ४ गते २०८२

प्यूठानमा ६ बर्षपछि पक्राउ परेका प्रतिबादीले १७५० रुपैया तिरेर आजै छुटकारा

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा एक जना सार्बजनिक अपराध कसुर मुद्दामा सम्मिलित भई फरार रहेका प्रतिबालीलाई ६ बर्षपछि पक्राउ गरिएको छ । प्यूठान नगरपालिका वडा नं.०५ जुम्रीगाडा बस्ने नमराज भन्ने नम बहादुर खत्री क्षेत्रीलाई सार्वजनिक अपराध कुसर मुद्दामा सम्माति रुपन्देही जिल्ला अदालतको २०७३ जेठ १७ गतेको फैसला अनुसार रु १७ सय ५० रुपैया जरिवाना तोकिएको र हालसम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा सोमबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रतिवादी खत्री आफ्नै घरमा फेला पारी नियन्त्रणमा लिई जिल्ला अदालत प्यूठानमा पेश गरीएको र उक्त माग भई आएको रकम प्यूठान जिल्ला अदालत प्यूठानमा दाखिला गरेकोले जरीवाना कट्टा गरी निजलाई छुट्कारा गराईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

यो पनि पढ्नुहोस्