समय : ११:०४ pm | बुधबार , चैत्र ४ गते २०८२

अन्तराष्ट्रिय कास्य पदक बिजेता प्यूठानी खेलाडीलाई सम्मान

स्वर्गद्वारी अपडेट | असार ३२ गते २०७९
अनुज पछाई ,प्यूठान । नेपाल मार्सल आर्टस हाप्किडो संघ जिल्ला शाखा प्युठानले अन्तराष्ट्रिय कास्य पदक जित्न सफल नेपाल मार्सल आर्टस हाप्किडो संघ जिल्ला शाखा प्युठानका खेलाडीलाई सनिबार सम्मान गरेको छ । प्यूठानको नौबहिनी गाउँपालिकामा जन्मिएका गुमान घर्तीमगरले एसियन हाप्किडो च्याम्पियनसिप–२०२२ मा भएको खेलमा कास्य पदक जित्न सफल भएका थिए । उज्बेकिस्तानको फर्गानामा जुन २८ देखि २ जुलाई सम्म आयोजना भएको एसियन हाप्किडो च्याम्पियनसिप २०२२ सञ्चालन भएको थियो। हाप्किडो खेलाडी घर्तीलाई सम्मान गर्दै संघले बिजयी खुशिमा बजार परिक्रमा गरिएको संघका जिल्ला अध्यक्ष टेकराज केसीले बताएका छन । कार्यक्रममा प्युठान जिल्लाका विभिन्न डोजाङ्गका करिव २०० विद्यार्थी सहभागी भएको हाप्किडो संघ प्युठानका प्रमुख प्रशिक्षक हिरा बहादुर रानाले जानकारी दिए । सम्मान तथा बृहत् र्याली कार्यक्रमको सहजीकरण नेपाल मार्सल आर्टस हाप्किडो संघ प्युठानका उपसचिव यमराज पाठकले गरेका थिए ।

यो पनि पढ्नुहोस्