समय : ११:०४ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठान अस्पतालमा अप्रेसन सेवा सुरु

स्वर्गद्वारी अपडेट | असार ३१ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान अस्पतालमा अप्रेसन थिएटर सेवा बुधबारदेखि सुरु भएको छ । निट साइमोनको सहयोगमा पुरानो स्वास्थ्य कार्यालयको भवनबाट सेवा सुभारभ्भ गरिएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त मेडिकल सुपरिडण्टेन खिम प्रसाद पार्धेले बताएका छन । नयाँ अपे्रसन थिएटरमा ४ आइसियु बेड सहित २३ वटा बेडबाट अप्रेसन सेवा सुरु गरिएको छ । बुधबार नै परीक्षणको रुपमा एक जना हर्नियाका बिरामीको सफल शल्यक्रिया भएको निमित्त मेसु पार्धेले बताएका छन । बुधबारदेखि सेवा सुरुवात भएतापनि श्रावण महिनामा मन्त्रिसहितको टोलिले अप्रेसन थिएटरको उदघाटन गर्ने कार्यतालिका रहेको छ । अहिले २ जना सर्जनद्धारा सेवा सुरु भएको र केहि समयमै हाडजोर्नीका डाक्टर पनि पदपूर्ति गरिने निमित्त मेसु पार्धेको भनाइ छ । अब पायल्स,हर्निया,एपेण्डिस लगायतको शल्यक्रिया प्यूठानबाटै सजिलै गर्न सकिने भएको छ ।

यो पनि पढ्नुहोस्