समय : ०९:३९ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानका कुन पालिकाको कति छ बेरुजु ?

स्वर्गद्वारी अपडेट | असार ३० गते २०७९
अनुज पछाई, प्यूठान । बुधबार महालेखा परीक्षकको कार्यालयले गत आ व २०७७÷७८ को बेरुजु रकमको विवरण प्रकाशन गरेको छ । बुधबार प्रकाशन भएको विवरण अनुसार प्यूठानका २ पालिकाकोे बेरुजु सून्य देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिकाको आ व २०७७÷७८ को बेरुजु सून्य देखिएको हो । देशभरका ७५३ स्थानिय तहमध्य ३ स्थानिय तहमा मात्र बेरुजु रकम सून्य देखिएको छ । जसमा प्यूठानका २ सहित ताप्लेजुङको सिरजंगा गाउपालिका रहेका छन । कुन पालिकामा कति छ बेरुजु ? १.प्यूठान नगरपालिकाः १२ लाख ३७ हजार (०.०८ प्रतिशत) २.स्वर्गद्धारी नगरपालिकाः २ करोड ६६ लाख ६ हजार (२.४६ प्रतिशत) ३. ऐरावति गाउँपालिकाः १ करोड ९५ लाख ४२ हजार (२.१८ प्रतिशत) ४. गौमुखि गाउपालिकाः १४ लाख २१ हजार (०.१४ प्रतिशत) ५. झिमरुक गाउँपालिकाः १३ लाख ५ हजार (०.१३ प्रतिशत) ६. नौबहिनी गाउपालिकाः ३ लाख ९० हजार (०.०३ प्रतिशत) ७. माण्डबी गाउपालिकाः १७ लाख ६९ हजार (०.२० प्रतिशत) ८. सरुमारानी गाउँपालिकाः सून्य ९. मल्लरानी गाउँपालिकाः सुन्य

यो पनि पढ्नुहोस्