समय : ०९:४४ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानमा दश दिनदेखि एक महिला सम्पर्क विहिन

स्वर्गद्वारी अपडेट | असार २८ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा एक महिला विगत १० दिनदेखि परिवारको सम्पर्कमा आएकी छैनन । प्युठान नगरपालिका –१० आमडाडा निवासी ३६ बर्षिय बिनोद के सिका श्रीमति ३२ बर्षिय रिमा के सि गत असार १९ गते देखि परिवारसंग सम्पर्क बिहिन रहेको श्रीमान बिनोदले बताएका छन । विगत १० दिनदेखि खोजिकार्य गर्दा पनि अहिलेसम्म कुनै सुचना प्राप्त गर्न नसकेको श्रीमान केसीको भनाई छ । सम्पर्क बिहिन भएको १० दिन बित्दा समेत कुनै खबर नआएपछि केसि परिबार चिन्तित हुदै खोजि कार्यमा सहयोग गर्नको लागी आग्रह गरेका छन । घरमा कुनै विवाद विना नै असार १९ गते घरमा रहेको नगद रु ८० हजार र ३ तोला सुन सहित सम्पर्क विहिन भएको श्रीमान बिनोदले बताएका छन । उनिहरुको विवाह भएको १४ बर्ष पुगेको छ । अहिले केसीका कक्षा ७ मा अध्यनर १३ बर्षिय छोरि र कक्षा ५ मा अध्यनरत ११ बर्षिय छोरा रहेका छन । कतै देखिए वा भेटिए नजिकैको प्रहरी कार्यालय तथा श्रीमान बिनोद के सिको सम्पर्क नं. ९८६३१२६२४० र ९८५७८४२४७८ मा सम्पर्क गरिदिनुहुनको लागी केसी परिवारले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्