अनुज पछाई , प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लामा नेकपा एमाले मतको आधारमा पहिलो पार्टि भएको दाबी गरेको छ । स्थानिय तह निर्वाचन २०७९ मा नेकपा एमालेले गठबन्धको बाबजुत पनि जिल्लामा २ पालिका प्रमुख र उपप्रमुख , २० वटा वडा अध्यक्ष सहित ८९ जना जनप्रतिनिधि विजयी भएका छन । सूर्यध्वजाबाहक उम्मेदबारहरुले प्राप्त गरेको ४० हजार ९९३ मतका आधारमा जिल्लामा नेकपा एमाले पहिलो पार्टि भएको नेकपा एमाले जिल्ला कमिटी प्यूठानले दाबी गरेको छ ।

सोमबार असार २४ र २५ गते बसेको पार्टिकाको बैठकले गरेको निर्णयहरुको बिज्ञप्ती सार्वजनिक गर्दै यस्तो बताएको हो ।
त्यस्तै पार्टिले स्थानिय तहको निर्बाचनमा सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गरेको छ । अहिलेको मुल्य बृद्धि प्रति गम्भिर ध्यानआकर्षण भएको जनाउदै स्थानिय उत्पादलाई जोड दिदै आयातलाई निरुत्साहित गर्न तर्फ स्थानिय सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।


त्यस्तै बैठकमा बाढी पहिरोका घटनाप्रति सचेत हुन आग्रह गर्दै बाढी हिरो पिढितको अबस्था हेरी उद्धार र राहतको लागी तीनै तहका सरकारको ध्यान आकर्षण गराउने निर्णय पनि गरेको छ ।


पार्टिको बैठक असार २४ र २५ गते जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षता पार्टी पोलिट ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापकाृे प्रमुख आतिथ्यता र केन्द्रिय कमिटी सदस्य तथा प्यूठान जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजालको बिशेष आतिथ्यतामा पार्टि कार्यालय विजुवारमा सम्पन्न भएको थियो ।