समय : ०८:२३ pm | बुधबार , चैत्र ४ गते २०८२

स्थापनाको ६ बर्षपछि शाइनले ल्यायो प्युठानमा एटिएम सेवा

स्वर्गद्वारी अपडेट | असार २७ गते २०७९
अनुज पछाई ,प्युठान । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक विजुवार शाखामा सोमबारबाट एटिएम सेवा सुरु भएको छ । २०६५ भाद्र २६ गते गौमुखि बिकास बैकको रुपमा रुथापना भएको बैंक २०७३ साल जेठ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसंग मर्ज भएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भएको करिब ६ बर्षपछि ग्राहकहरुको मागलाई सम्बोधन गर्ने गरि सोमबार देखि एटिएम सेवा सुरु भएको छ । बैेङले प्यूठानमा बिजुवार सहित ६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेलाई विजुवार शाखाबाट मात्र एटिएम सेवा प्रदान गरिएको बैङका प्रबन्धक निर्देशक मेघराज पोख्रेलले बताए । रुपन्देही स्थित बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना ८४ वटा शाखा र १ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिंदै आएको छ । बैंकले १६ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । जिल्लामा करिब ५० हजार बढी ग्राहकहरु रहेको बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस्