समय : ०८:२७ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानका निजामति कर्मचारी संगठनद्धारा प्रधानमनित्रलाई ज्ञापनपत्र

स्वर्गद्वारी अपडेट | असार २७ गते २०७९
अनुज पछाई,प्युठान । प्यूठान जिल्लामा रहेका बिभिन्न निजामति कर्मचारी संगठनहरुले बिभिन्न माग राख्दै प्रजिअ मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र पेश गरेका छन । सोमबार प्यूृठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र पेश गरिएको नेपाल निजामति कर्मचारी संगठन प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेलले बताएका छन । जिल्लामा क्रियाशिल कर्मचारी संगठनहरुले संयुक्त रुपमा पेश गरिएको ज्ञापनपत्रमा संघिय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन तथा स्थानिय तहमा कर्मचारि ऐन जारी गर्न र निर्माण प्रकृयामा सरोकारवालाहरुको सहभागीताको सुनिस्चितता कायम गर्न माग गरिएको छ ।   चालु अधिबेशनबाट संघिय निजामति सेबा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रम अधि बढाइने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा नेपाल निजामति कर्मचारी संगठन प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेल,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष खिम बहादुर अधिकारी र राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष द्रोर्ण प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन । सरकारलाई दबाव स्वरुप सोमबार देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार प्यूठान जिल्लामा कृयाशिल कर्मचारी संगठनले संयुक्तरुपमा ज्ञापन पत्र प्यूठानमा पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पेश गरिएको हो ।

यो पनि पढ्नुहोस्