समय : ०७:५९ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखि ५ खुङ बन्यो प्यूठानको दोस्रो पुर्ण संस्थागत सुत्केरी वडा

स्वर्गद्वारी अपडेट | असार २६ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानको दोस्रो वडाको रुपमा गौमुखि गाउपालिकाको वडा नं. ५ खुङलाई पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ । आइतबार खुङ पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको हो । “सुरक्षित मातृत्व ,हामी सबैको दायित्व “स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऔं सधैभरी” भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका ५ खुङ स्वास्थ्य चौकीलाई प्युठान जिल्लाको दोस्रो पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ।    गौमुखी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद तारा जि सिको रहेको थियो । कार्यक्रममा बोल्दै सांसद जिसीले स्वास्थ्य क्षेत्रको बिकासमा जिल्लामै गौमुखि गाउपालिकाका वडाहरु अगाडी बढेकोमा खुशि लागेको बताएकी छन । त्यस्तै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले स्वास्थ्य क्षेत्र मानवको जीवन संग जोडिएको र स्वास्थ्य संस्थामा सुत्केरी हुदा जोखिम नहुने तथा सुरक्षित जिबनको लागि पुर्ण संस्थागत सुत्केरी गराउनु पर्ने बताउदै गौमुखी गाउँपालिकाको नारिकोट स्वास्थ्य चौकी प्युठान जिल्लाको पहिलो र वडा नं. ५ खुङ वडा घोषणा गरिएको बताउनु भयो। खुङ स्वास्थ्य चौकीमा एक बर्ष भित्र ४४ जना स्वास्थ्य संस्थामा सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख जैसीका अनुसार आ व २०७८÷७९ मा २६ जना खुङ स्वास्थ्य चौकीमै सुत्केरी भएका छन भने १८ जनाले आफुलाई पाएक पर्ने स्वास्थ्य सस्थाबाट सुरक्षित सुित्केरी भएका छन । गत २४ गते एक कार्यक्रमको साथमा गौमुखि ७ नारीकोटलाई पनि पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ ।

यो पनि पढ्नुहोस्