समय : ०७:०४ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानमा २ बर्षपछि फरार प्रतिबादी पक्राउ

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा नकवजनी चोरी सम्बन्धी मुद्दामा फरार रहेका प्रतिबादीलाई पक्राउ गरिएको छ । प्यूठान जिल्लाको नौबहिनी गाउपालिका वडा नं. १ का ३२ बर्षिया रामसरी सुनारलाई शुक्रबार पक्राउ गरि आबस्यक कारबाहिको लागी जिल्ला अदालत कार्यालय प्युठानमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्य नारायण थापाले बताएका छन । सुनारलाई २०७६ भदौ २७ गतेको २ बर्ष ११ महिना कैद सजाय र नगद रु ३० हजार जरिवाना तोकिएको थियो । फैसला कार्यन्वयनको शिलशिलामा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट बाट खटिएको प्रहरी सहायक निरीक्षक. सागर रानाको टोलीले सुनारलाई खोज तलास गर्दै जाँदा शुक्रबार करिब ४ः३० बजेको समयमा आफ्नै घर फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । नकवजनी चोरी चोरीकै एक प्रकार हो । जिल्ला प्रकरी कार्यालय प्युठानले अहिले प्ररार प्रतिबादीलाई ओजिका गरि नियन्त्रणमा लिने अभियान नै सञ्चालन गरेको जिल्ला प्रकरी कायाृलय प्यूठानका प्रहरी प्रबक्ता शुशिल थापाले बताएका छन ।

यो पनि पढ्नुहोस्