समय : ०७:०२ pm | बुधबार , चैत्र ४ गते २०८२

झिम्पको टावरमा बिद्युत

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
बबिता रिजाल,बहाने प्यूठान ।नौबहिनी गाउपालिकामा ३ झिम्पमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन वोर्डमा बिद्युत जडान गरिएको छ । सोलार सिष्टमबाट सञ्चालन गर्दै आएको उक्त सेवामा बिद्युत जडान गरिएको हो । बिगतका दिनहरुमा नेपाल टेलिकमको उक्त टावरबाट सेवा सञ्चालन भएतापनि पानि पर्दा र साझपख सोलारको शक्ति कम भएसंगै सेवा अबरुद्ध हुदा स्थानियलाई समस्या भएको थियो । उक्त समस्यालाई मध्यनजर गर्दै नौबहिनी गाउपालिकाका अध्यक्ष दिल बहादुर थापाको बिषेश पहलमा टावरमा बिद्युत जडान गरिएको हो ।

यो पनि पढ्नुहोस्