समय : ०६:४६ pm | बुधबार , चैत्र ४ गते २०८२

झिमरुकमा दैनिक ८ घण्टा सडक बन्द हुने

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
अनुज पछाई ,प्यूठान । प्यूठान जिल्लाको झिमरुक गाउपालिका मा दैनिक ८ खण्टा सडक बन्द गरिने भएको छ । झिमरुक गाउपालिका वडा नं. ६ बतासेडाडादेखि वडा नं. ३ को हरियखण्डको सडक मर्मत गर्नको लागी असार २४ र २५ गते (आज र भोली)े दिनमा ८ घण्टा बन्द गर्नको लागी सहयोग गरिदिनुहुनको लागी झिमरुक गाउपालिकाले आग्रह गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय प्यूठान , इलाका प्रहरी कार्यालय प्यूठान र यातायात ब्यबसायि समितिलाई सहजिकरण गर्नको लागी सहयोग गरिदिनुहुन गाउपालिकाले आग्रह गरेको छ । आव २०७८÷७९ को असार २५ गतेसम्म मर्मत कार्य सम्पन्न गर्ने गरि तिब्र रुपमा काम सञ्चालन भैरहेको हुदा उक्त २ दिन सवारी साधनको आवतजावत कार्य रोकिने झिमरुक गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले बताएका छन । प्रमुख प्रशासकिय अधिकृत रिजालका अनुसार सडक बिहान ९ बजे देखि ११ बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन हुने छ ।

यो पनि पढ्नुहोस्