जोगिन्द्र मल्ल , प्यूठान । गौमुखि गाउँपालिकाको आ.व २०७९÷८० को बार्षिक बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहिबार गौमुखि गाउपालिकाको सभाहलमा बसेको १२ औ अधिबेशनको दोस्रो बैठकबाट असार १० गते प्रस्तुत गरिएको ४७ करोड ७९ लाख ९८ हजार बराबरको आय ब्यय सहितको अनुमानित बजेट तथा कार्यक्रम बहुमतले पारित भएको गौमुखि गाउपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिएका छन ।
गाउपालिका अध्यक्ष बिस्नु कुमार गीरीको अध्यक्षतासंगै सरु भएकोे बैठकमा गौमुखी गाउँपालिकाले कृषि तथा पशु पन्छी सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पनि पारित गरेको छ।
तस्विरः पत्रकार जोगिन्द्र मल्ल
“कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो !सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो “भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिकाको गाउँ सभा तथा बार्हौ अधिवेशनमा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले लोकप्रियताका कार्यक्रमलाई प्राथमिकताको आधारमा अगाडि सारेको बताउका छन ।

तस्विरः पत्रकार जोगिन्द्र मल्ल
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गीरीले कृषि तथा बन्यजन्तु तथा उत्पादनको बजारीकरण ,२० युनियनको बिधुत महसुल निशुल्क,सुत्केरी संग पौस्टिक आहार प्याकेज ,सबै वडामा एक हप्तामा एक पटक डाक्टर सेवा, उत्कृष्ट उपभोक्तालाई पुरुस्कृत ,गाउँपालिकाको आबधिक गुरु योजना,दिगो बिकासको अबधारणा लगायतका कार्य गर्ने बताए ।