समय : ०१:२६ am | शुक्रबार , मंसिर ६ गते २०८१

उग्र काली (कविता)

स्वर्गद्वारी अपडेट | असार २२ गते २०७९
  उग्र काली           लेखकः ✍️ रिमा के सी हो म उग्र काली हुँ दुनियाँले देख्ने काली भन्दा फरक उग्र चन्डी पनि मै हुँ बेपर्वाह छ मेरो जिन्दगी अनि मेरो अस्तित्व पनि डराउँदिन कसैसंग रत्तिभर मेरो संसारको कानुन मै हुँ मेरा आफ्नै निति नियम छ्न मेरो सुरुआत पनि मै हुँ अनि मेरो अन्त्य पनि मै मबाट गुज्रिएर जान्छ उज्यालो अनि बिहानी पनि हो म कालो रात हुँ अनि काल पनि मै बन्धन छैन मलाई कसैको निस्फिक्रीसंग तान्छु चुरोटको नसा उडाउँछु बुङ्ग बुङ्ग धुँवा अनि हावामा विलिन हुन्छु धुँवासँगै अत्याचारीको गर्धन छिनाल्छु आफैं घुट्घुट पिउँछु रगत अनि मेटाउँछु प्यास अट्टहासको हाँसो हाँस्दै समसानमा भिरेर नरमुन्ड माला नाच्छु छमछम तान्ड्व नृत्य निस्फिक्रीसंग हो १ मलाई आउँदैन शिष्टता र सभ्यताको भाषा रुपा र स्वरुपा जस्तो छैन मेरो अनुहार काल रात्री जस्तो अँध्यारो छु म मेरो सुन्दरताको पराकाष्ठा मै हुँ मेरो कुरुपताको सचित्रता पनि मै हुँ जान्दिन म सहनशिला, शुसिला र सीता बन्न अन्याय, अत्याचारका बिरुद्धमा आफै उभिएकी छु म एक्लै अस्त्रसस्त्रले सुसज्जित भएर चाहिँदैन कसैको साथ र हौसला मलाई मेरै बाहुपास काफि छ्न मैसंग छ अदम्य शाहस र शक्ति अब खेल्नु मात्र बाँकी छ खुनको होली ढलाउनु छ युगौँ देखि शक्तिको आडमा कब्जा जमाएर बसेका भ्रष्ट राक्षसहरुको साम्राज्य कायम गर्नु छ स्वतन्त्रता र अमन अब रणमैदानमा उत्रि सकेँ म आउ कोही संग छ मसंग लड्ने आँट र क्षमता रु कोहि सक्छौ मसंग भिडन अथवा मलाई रोक्न रु म उग्र चन्डी हुँ हो मै हुँ उग्र काली पनि आउ मलाई रोक ११  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्