घरेलु तथा साना उद्योग कार्यालय प्युठानका उद्योग अधिकृत खेम बहादुर थापाको अध्यक्ष सङै सुरु भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख योगिले देशको आर्थिक बिकासमा उद्यमिको सबैभन्दा ठूलो हात रहने बताए । रहरले उद्यम ब्यबसाय सञ्चालन गर्ने अनि छोडने कार्य गर्दा अहिले धेरै उद्यमी समस्याको भूमरिमा परेको कुरा उल्लेख गर्दै नगरप्रमुख योगिले इमानदारी र लगनशिल भएर उद्यम गर्नको लागि सबै उद्यमिमा आग्रह समेत गरे । त्यस्तै नगरप्रमुख योगिले उद्यमिलाई सम्बोधन गर्ने गरि प्युठान नगरपालिकाकाले आ व २०७८÷८९ निति तथा कार्यक्रम लिएको बताएका छन ।

कार्यक्रममा उद्योग अधिकृत खेम बहादुर थापाले उधोग दर्ता प्रक्रियाको बारेमा सम्पुर्ण जानकारी प्रस्तुत गरेका थिए ।
त्यस्तै उद्यम बिकास विज्ञ ईश्वरा आचार्यले उद्यमिलाई व्यावसायिक योजन तयारी सम्बन्धि जानकारी प्रस्तुत गरेकी थिइन ।
त्यस्तै उद्यमिलाई ऋण प्राप्ती प्रक्रिया सम्बन्धि नेपाल बैंक लिमिटेड बिजुवारका प्रबन्धक निरज भट्टराईले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्युठान नगरपालिका का नगर प्रमुख बिस्नु बहादुर योगि ,घरेलु तथा साना उद्योग कार्यालय प्युठानका उधोग अधिकृत खेम बहादुर थापा ,जिल्ला कर कार्यालयका कर अधिकृत शोनु काप्ले ,प्युठान उधोग बाणिज्य संध का पधादिकारी ,जिल्लामा उद्यम संचालन गर्दै आएका उद्यमिहरु पत्रकार लगाएतको सहभागिता रहेको थियो ।








