समय : ०५:२८ pm | बुधबार , चैत्र ४ गते २०८२

ऐरावतिमा युवा क्लबद्धारा बृक्षारोपण

स्वर्गद्वारी अपडेट | असार २० गते २०७९
असिम पाण्डे प्यूठान । प्युठानको ऐरावती गाउँपालिकामा बृक्षारोपण गरिएको छ । ऐरावति गाउपालिका वडा नं. ६ मा रहेको फ्युचर स्टार युवा क्लब ऐरावतीले बृक्षारोपण गरिएको छ । क्लबका पधादिकारीले ऐरावति गाउपालिकाको सुर्केडाँडि सामुदायिक वनमा वृक्षारोपण गरेका हुन । क्लबले वनमा खयर , बकैनो ,दालचीनी ,मलागिरी , अमला लगायतका बिरुवाहरू रोपण गरेका हुन । बिरूवाहरु डिभिजन वन कार्यलय बरौंलाले आफ्नौ नर्सरी मार्फत उपलब्ध गराएको क्लबका अध्यक्ष नबिन आचार्यले जानकारी दिए । पहिरोग्रस्त स्थान पहिचान गरि वृक्षारोपण गरि पहिरो रोकथामका गर्ने उदेश्य रहेको अध्यक्ष आचार्यको भनाई रहेको छ । वृक्षारोपण कार्यक्रममा १० जना सदस्यहरू सहभागी भएका थिए । क्लब यहि असार १० गते स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्